वि.सं.२०८३ जेठ ११ सोमवार
Dish Home Long Ad
बालकुमारी हत्याकाण्ड : ललितपुरका प्रजिअ र प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाइने
Prabhu Bank AD

काठमाडौँ । कोरियाका लागि आवेदन माग गर्दै गरिएको सामान्य विरोध प्रदर्शनमाथि प्रहरीले गोली, अश्रु्ग्यास, लाठी र बुट प्रहार गर्दा दुई युवाको हत्या भएको घटनामा गम्भिर लापरबाही देखिएको भन्दै सरकारले सम्बन्धित अधिकारीहरूलाई जिम्मेवारीबाट हटाउने भएको छ । चौतर्फी रुपमा विरोध र हत्याकाण्डमा संलग्नलाई कारबाही गर्न दबाब बढेपछि शनिबार बिहान प्रधानमन्त्री र गृहमन्त्रीसहित सुरक्षा निकायका अधिकारीहरूबिच भएको छलफलमा सो निर्णय गरिएको हो । गृहमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार बिहानको छलफलमा ललितपुरका प्रहरी प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाह र जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ रुद्रप्रसाद पण्डितलाई पनि गृहमन्त्रालयमा तान्ने निर्णय भएको छ ।

त्यस्तै, प्रदर्शनमा खटिएका स्पट कमान्डर डीएसपी उमेश लम्साललाई पनि निलम्बन गर्ने बैठकले निर्णय गरेको श्रेष्ठको भनाई छ । प्रदर्शनमा मन्त्री प्रकाश ज्वालाको सवारीमाथि आगजनी भएको थियो । त्यसमा ज्वालाको पीएसओको लापरबाही देखिएकाले उनलाई पनि निलम्बन गर्ने निर्णय गरिएको छ । उच्च स्तरीय बैठकमा भएका निर्णयलाई कार्यान्वयन गर्न यतिबेला प्रहरीको बैठक बसिरहेको छ । यसबारे आजै निर्णय गरिने बताइएको छ ।

बैठकले ईपीएस कोरियाका प्रमुखलाई पनि सरुवा गर्ने निर्णय गरिएको मन्त्री श्रेष्ठको भनाई छ । यता सरकारले मृतकका परिवारलाई तत्काल राहत स्वरूप १०–१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । साथै शव परिवारलाई बुझाउने र छानबिन समितिले गरेको निर्णय अनुसार थप कारबाही गरिने मन्त्री श्रेष्ठले बताए ।

 

Prabhu Bank AD

सम्बन्धित खवर

ताजा अपडेट

लाेकप्रिय