काठमाडौं । धनबहादुर थापा नेतृत्वको जय जन्मभूमि पार्टी, नेपालले दुर्गा प्रसाईंको नेतृत्वमा जारी आन्दोलनमाथि राज्य प्रशासनले गरेको दमनको घोर भत्र्सना गरेको छ ।
अध्यक्ष थापाले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रता तथा विना हातहतियार शान्तिपूर्वक भेला गर्न पाउने संविधान तथा प्रचलित कानुन प्रदत्त अधिकारको उपयोग गर्दै विरोध प्रदर्शन गर्न पाउने अधिकारलाई कुण्ठित गर्ने गरी भएको सरकारको दमन निम्ति तथा गैरकानुनी एवम् बदनियतपूर्ण निर्णय तथा बल प्रयोगप्रति जय जन्मभूमि पार्टी घोर भत्र्सना गर्दछ ।”
संघीय राजधानी काठमाडौं राजनीतिक अभियन्ता तथा चिकित्सा व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा ‘राष्ट्र, राष्ट्रवाद, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’ प्रति जय जन्मभूमि पार्टी सकारात्मक रहेको अवगत गराउँदै वक्तव्यमा जारी आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गरेको छ ।


