वि.सं.२०८३ वैशाख ४ शुक्रवार
Dish Home Long Ad
सरकारको नीति तथा कार्यक्रम पारित, संशोधन प्रस्ताव अस्वीकृत
Prabhu Bank AD

काठमाडौँ । पाँच दलीय गठबन्धन सरकारले आर्थिक वर्ष २०७९र८० का लागि ल्याएको नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बैठकबाट बहुमतले पारित भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट पेश गरेको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारको बैठकमा जवाफ दिएसँगै पारित भएको हो।

राष्ट्रपति भण्डारीले गत जेठ १० गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रतिनिधिसभाको शनिबारको दोस्रो बैठकमा बहुमतले पारित गरेको हो।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरेलगत्तै सांसदहरुको बहुमतले पारित गरेका हुन्।

यस अघि सांसदहरु भीमबहादुर रावल, शेरबहादुर तामाङ, दुर्गा पौडेल र प्रेम सुवालले राखेको नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्ताव अस्वीकृत भएको थियो।

Prabhu Bank AD

सम्बन्धित खवर