वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
उपत्यकामा १२ हजार ८७३ पशु लम्पि स्किनबाट संक्रमित, १७४ गाई भैसीकाे मृत्यु
Prabhu Bank AD

 

काठमाडौं । काठमाडौं उपत्यकामध्ये ललितपुरमा ‘लम्पी स्किन’ संक्रमण बढ्दो क्रममा रहेकाे छ। झिंगा तथा लामखुट्टेको टोकाइबाट पशुमा सर्ने यो रोग जिल्लामा फैलिंदै गएको हो।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरकी चिकित्सक निशा तिमिल्सिनाका अनुसार ललितपुरमा वैशाखदेखि साउन १६ सम्म एक हजार ४३१ पशु संक्रमित भएका छन्। संक्रमितमध्ये ७२ भैंसी र ११ गाई मरिसकेका छन्।

केन्द्रले थप क्षति नहोस् भनेर सजकता अपनाएको जानकारी दिंदै उनले जिल्लाभरमा आठ हजार ३०० गाईभैंसीलाई ‘लम्पी स्किन’ विरुद्धको खोप लगाइसकेको बताइन्। गोदावरी नगरपालिकामा मात्र पाँच हजार गाईभैंसीलाई खोप लगाइएको छ भने। गोदावरीमा संक्रमित पशुको संख्या २९६ पुगेको छ।

“उपत्यकामा कुल संक्रमित पशुको संख्या १२ हजार ८७३ पुगेको छ,” तिमिल्सिनाले भनिन्। उनका अनुसार उपत्यकामा एक हजार १७ गाईभैंसी संक्रमणमुक्त भएका छन् भने मर्नेको संख्या १७४ पुगेको छ।”

उपत्यकाभरका १७ हजार ९८८ गाईभैंसीलाई खोप लगाइसकेको उनले बताइन्। -रासस

Prabhu Bank AD

सम्बन्धित खवर