वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
केयू र भारतको आईआईटीएचबीच संयुक्त पीएचडी कार्यक्रम गर्ने समझदारी
Prabhu Bank AD

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) र भारतको प्रतिष्ठित इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी हैदरावाद (आईआईटीएच) बीच शैक्षिक वर्ष २०२३र२४ बाट संयुक्त विद्यावारिधि (पीएचडी) कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ ।

बुधबार एक कार्यक्रमका बीच केयूका उपकुलपति प्रा। भोला थापा र आईआईटीएचका निर्देशक प्रा। बीएस मूर्तिले दुई शैक्षिक संस्थाबीच शैक्षिक कार्यक्रम आदानप्रदान र सहयोगलाई थप सुदृढ बनाउनका लागि विभिन्न विद्यालय संयुक्त पीएचडी कार्यक्रम सञ्चालन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

शैक्षिक एवं अनुसन्धानात्मक क्षेत्र सुदृढीकरणको उद्देश्यका साथ सञ्चालन गर्न लागिएको उक्त कार्यक्रममा संलग्न विद्यावारिधिका विद्यार्थीले उक्त संस्थामा गएर कम्तीमा एक शैक्षिक वर्ष अध्ययन गर्नुपर्नेछ । संयुक्त पीएचडी कार्यक्रमको भर्नासम्बन्धी जानकारी वर्षमा दुईपटक दिइने बताइएको छ ।

दुवै संस्थाबीच मेडिकल टेक्नोलोजी‚ बायोइन्फर्मेटिक्स‚ हेरिटेज साइन्स‚ क्लाइमेट चेन्ज‚ आर्टिफिसियल इन्टेलिजेन्स एन्ड आर्ट्स र अन्य विषयमा फ्याकल्टी एक्सचेन्ज (संकाय आदानप्रदान) गर्नेसमेत सहमति भएको छ । समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा बोल्दै प्रा। थापाले यो कार्यक्रम शैक्षिक र अनुसन्धानात्मक क्रियाकलापलाई थप सशक्तीकरण गर्नका लागि आधार भएको बताएका छन् ।

‘शैक्षिक अनुसन्धान तथा उद्यमशीलताको क्षेत्रमा आउँदा वर्षमा हामीले थुप्रै उपलब्धि प्राप्त गर्नेछौं‚’ उनले भने ।

त्यस्तै आईआईटीएचका निर्देशक मूर्तिले यो कार्यक्रमले अनुसन्धान तथा अन्वेषणको विषयमा भगिनी संस्थाका विद्यार्थीलाई सबल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले आफ्नो संस्थामा कला‚ संस्कृति‚ साहित्य‚ समाजशास्त्रलगायत विषयमा नेपालबाट शिक्षक पठाएर काठमाडौं विश्वविद्यालयले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

आईआईटीएच सन् २००८ मा स्थापना भएको शैक्षिक संस्था हो । यो भारत सरकारको नेसनल इन्सटिट्युसनल र्‍यांकिङ फ्रेमवर्कअन्तर्गत रहेका भारतीय विश्वविद्यालय एवं शैक्षिक संस्थाहरूमध्ये १४ औं स्थानमा र नवप्रवर्द्धन विधामा तेस्रो नम्बरमा पर्न सफल संस्था हो । त्यस्तै सन् १९९१ मा स्थापना भएको काठमाडौं विश्वविद्यालय शैक्षिक तथा अनुसन्धानको क्षेत्रमा प्रसिद्ध रहेको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर