४ साउन, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका ५ नेता एक साता लामो भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा चक्रपाणि खनाल, रामेश्वर राय यादव, सत्या पहाडी र सुरेश राई भारत गएका हुन् ।
उनीहरु भाजपाको निमन्त्रणमा लागेका हुन् । उनीहरु भारतमा रहँदा भाजपालाई चिन्नुस्’ भन्ने कार्यक्रमका साथै अन्य राजनीति भेटघाट पनि हुने भुसालले यसअघि नै बताएकी थिइन् ।

