वि.सं.२०८३ जेठ २० बुधवार
Dish Home Long Ad
बालेनलाई सांसद रमाको प्रश्नः श्रमिकले खान नपाउने, शहर बनाउँछु भनेर दुर्व्यवहार किन गर्ने ?
Prabhu Bank AD

 

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रमा कोइराला पौडेलले काठमाडौंमा श्रमिकमाथि भइरहेको दुर्व्यवहारको विषय संसद्‌मा उठाएकी हुन्। “केही दिनदेखि महानगरपालिका र नगरपालिकामा एउटा दृश्य देखिएको छ, विशेष गरेर श्रमिकहरूमाथि गरिएको दुर्व्यवहारको,” सांसद कोइरालाले भनिन्, “श्रमिकमाथि दुर्व्यवहार किन भइराखेको छ ?”

काठमाडौं महानगरका मेयर बालेन्द्र साहले शहर व्यवस्थित बनाउने भन्दै सडक छेउछाउ व्यवसाय गर्न रोक लगाएका छन्। महानगरले ठेलागाडा लगायत सामान जफत गर्दै आएको छ।

यसै विषयलाई संसद्‌मा उठाउँदै सांसद कोइरालाले भनिन्, “नेपालमै स्वरोजगार बनी काम गर्छु भनेर बसेका श्रमिकलाई महानगरले गरिरहेको दुर्व्यवहार सहन सकिने छैन।”

उनले शहर व्यवस्थित गर्ने नाममा श्रमिकलाई दुःख दिन नहुने बताइन्। “पहिलो पेटमा खाने कुरा हो, अनि मात्रै शहर व्यवस्थित गर्ने कुरा हो,” कोइरालाले भनिन्।

काठमाडौं महानगर लगायत विभिन्न नगरपालिकाले श्रमिकमाथि गरिरहेको ज्यादती रोक्नुपर्ने बताइन्। “श्रमिकहरूले खान नपाउने, स्वरोजगार भएर काम गर्न नपाउने नेपालमारु अनि शहर बनाउँछु भनेर दुर्व्यवहार गर्ने मान्य हुँदैन,” उनले भनिन्।

यसका लागि उनले संघीय सरकारलाई समन्वय गरेर समस्या समाधान गर्न आग्रह गरिन्। स्वरोजगार भएर जीविकोपार्जन गरिरहेका श्रमिकलाई कहाँ कसरी व्यवस्थापन गर्ने हो, स्थानीय र संघीय सरकार समन्वय गरेर लाग्नुपर्नेमा उनले जोड दिइन्।

Prabhu Bank AD

सम्बन्धित खवर