वि.सं.२०८३ जेठ १९ मंगलवार
Dish Home Long Ad
घट्यो पेट्रोलको मूल्य
Prabhu Bank AD

 

काठमाडौं। नेपाल आयल निगमले भारतबाट पेट्रोलको मूल्य घटेर तथा डिजेलको बढेर आएको जनाएको छ। निगमका अनुसार शनिबार साँझ आएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य लिटरमा ३४ पैसाले घटेको छ भने डिजेलको मूल्य २ रुपैयाँ बढेर आएको छ ।

अब सोही मूल्यका आधारमा निगमले उपभोक्ता मूल्य घट्ने वा बढ्नेबारे निर्णय गर्नेछ । भारतीय आयल कर्पोरेसन आइओसीबाट प्राप्त नयाँ मूल्यपछि निगम १५ दिनमा ५० करोड रुपैयाँ नाफामा पुगेको छ ।

आईओसीबाट प्राप्त भएको नयाँ मूल्यपछि सञ्चालक समिति बैठक बसेर नेपालमा नयाँ मूल्य निर्धारण गर्नेबारे निर्णय गर्ने निगमको तयारी छ ।

निगम सञ्चालक समिति बैठक आइतबार बस्दैछ । पछिल्लो पटक निगमले इन्धनको मूल्य समायोजन गरेपछि पेट्रोलको मूल्य प्रतिलिटर १६७.५० पैसा, डिजेल र मटीतेलको १४७ रुपैयाँ ५० पैसा तोकिएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर