काठमाडौं । सोलुखुम्बुबाट काठमाडौं आउँदै गर्दा बेपत्ता भएको हेलिकोप्टरमा सवार पाँचैजना यात्रु विदेशी रहेको खुलेको छ ।
सोलुखुम्बुस्थित तेन्जिङ हिलारी विमानस्थलका प्रमुख महेश श्रेष्ठका अनुसार हेलिकोप्टर चेत गुरुङले उडाएका थिए भने यात्रुहरु पाँचैजना मेक्सिकन नागरिक थिए ।
हेलिकोप्टर १० बजेर ४ मिनेटमा सोलुखुम्बुबाट उडेको मनाङ एयरका मेनेजर राजु न्यौपानेले बताए ।

