काठमाडौं। ठमेलको क्लबमा लगेर मदिरा सेवन गराइ बलात्कार गरेको आरोपमा ५० वर्षका पुरुष पक्राउ परेका छन्।
ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिंक्स) क्लबमा लगेर मदिरा खुवाएर ललितपुर लगेर बलात्कार गरेको भन्दै ५० वर्षीय सुदनबहादुर कोइराला पक्राउ परेका हुन्।
३१ जेठमा बिहान बागडोलस्थित कार्यालयमा बलात्कृत भएको भन्दै पीडितले प्रहरी कहाँ किटानी जाहेरी दिएकी जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले बताए।
उमेर नपुगेकी केटीलाई क्लबमा प्रवेश दिइएको भन्दै प्रहरीले एलओडीका सञ्चालकलाई पनि छानबिनको दायरामा ल्याउने भएको छ।

