वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
तनावमुक्त हुन योग आवश्यक : राष्ट्रपति पौडेल
Prabhu Bank AD

 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तनावमुक्त हुन योग आवश्यक रहेको बताएका छन्। अन्तर्राष्ट्रिय योग दिवस ९जुन २१० का अवसरमा बुधबार शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले योगले तनावमुक्त हुने र रोग प्रतिरोधात्मक क्षमता बढाउने बताए ।

उनले सकारात्मक सोच विकास हुने, अनुशासन र आन्तरिक ऊर्जा प्राप्त गर्नसमेत योगले मद्दत पु¥याउने शुभकामना सन्देशमा उल्लेख गरे ।

उनको सन्देशमा भनिएको छ, ‘योगले स्वस्थकर जीवनयापनका लागि हरेक व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन सहयोग पुयाउँछ। योग शारीरिक अभ्यास मात्र नभई, निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धतिसमेत हो।

संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ डिसेम्बर ११ मा पारित प्रस्ताव अनुसार सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन सुरु गरिएको हो।

 

Prabhu Bank AD

सम्बन्धित खवर