वि.सं.२०८३ जेठ १८ सोमवार
Dish Home Long Ad
नक्कली शरणार्थी प्रकरणमा थुनछेक बहस आज सकिँदै
Prabhu Bank AD

 

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणबारे जिल्ला अदालत काठमाडौंमा चलिरहेको थुनछेक बहस बिहीबार सकिने सम्भावना रहेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेले ‘भोलि जसरी पनि सक्नुपर्छ’ भनेर बुधबार इजलास टुंग्याएका थिए ।

प्रतिवादीका वकिलहरूको बहस सकिएपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस गर्न लगाएर उनले थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने कि धरौटी वा साधारण तारिखमा छाडेर मुद्दा किनारा लगाउने भन्ने आदेश दिनेछन् ।

इलजासमा बुधबार पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ र पूर्वसांसद आङ्टावा शेर्पाका कानुन व्यवसायीहरूले बहस गरेका थिए । बिहीबार भुटानी शरणार्थी नेता टेकनाथ रिजालका तर्फबाट १६, हरिभक्त महर्जनका तर्फबाट दुई र उनकी पत्नी लक्ष्मी महर्जनका तर्फबाट एक जना अधिवक्ताको बहस हुनेछ । त्यसलाई खाजाअघिको समयमै सक्ने योजनामा न्यायाधीश न्यौपाने रहेका छन् ।

प्रतिवादीका तर्फबाट हालसम्म बहस गरेका ७६ कानुन व्यवसायीमध्ये अधिकांशले कानुनी तर्क र जिरहभन्दा अभियोजन गर्ने सरकारी वकिल र अनुसन्धान गर्ने प्रहरी अधिकारीलाई गाली गरेर बहस सकेका छन् । बाँकी पृष्ठ १० पूर्वगृहमन्त्री खाणका पक्षमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले बुधबार बहस गर्दा भिन्न शैली अपनाएका थिए । उनले पक्ष–विपक्षमा ज्यादा बहस गरेनन्, न इजलासतिरै केन्द्रित भए । बहसका क्रममा खाती ‘यहाँ पत्रकार साथीहरू पनि हुनुहुन्छ’ भन्दै सुरुमै पछाडि फर्केर बोलेका थिए । त्यस क्रममा उनले ‘हामीलाई भ्रष्टाचारी बचाउने मान्छे भनेर फोटोसहित छापिदिनुहुन्छ अनि त्यो टिकटकमा भाइरल भएर हेरिनसक्नुको गाली आउँछ’ भनेका थिए ।

त्यसपछि उनले खाणविरुद्ध प्रहरीले गरेको अनुसन्धानलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पेन ड्राइभमा सारेर ‘कपिपेस्ट’ गरी अभियोजन गरेको भन्दै भाषणकै शैलीमा आपत्ति प्रकट गरे, त्यो पनि पत्रकारतिरै हेरेर । उनको शैली देखेर इजलासमा उपस्थित अरू वकिलले अचम्म मानेका माने, अभियुक्तहरूले मुखामुख गरे ।

खातीले जेसुकै भने पनि र जता हेरिरहे पनि न्यायाधीश प्रेमप्रसाद न्यौपानेले सुनिमात्रै रहे । पूर्वमन्त्री खाणका पक्षमा बहस गर्न जम्मा भएका ३४ वकिलमध्ये पन्ध्रौं नम्बरमा खातीले बहस गरेका थिए । उनले अन्त्यमा न्यायाधीश न्यौपानेलाई बाँकी वकिलले बहस नगरे पनि वकालतनामा दिएकाले आदेशमा नाम भने टिपाइदिनुहोला भनेर बहस टुंग्याए । त्यसअघि खाणका पक्षमा पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ तथा वरिष्ठ अधिवक्ताहरू सुरेन्द्रकुमार महतो, गोपालकृष्ण घिमिरे र पूर्वराष्ट्रपति रामवरण यादवका कानुनी सल्लाहकारसमेत रहेका ललित बस्नेतले बहस गरेका थिए । उनीहरूले पूर्ववर्ती अधिवक्ताले झैं खाण निर्दोष रहेको र राज्यले षड्यन्त्रपूर्वक मुद्दा चलाएको जिकिर मात्रै गरेनन्, ‘मिडिया ट्रायल’ गरेर खाणलाई दुःख दिएको समेत दाबी गरे ।

हिरासतमा परेपछि गृहसचिव टेकनारायण पाण्डेले खाणका स्वकीय सचिव नरेन्द्र केसीमार्फत ‘ओली बा र देउवाले प्रधानमन्त्रीलाई भनेर जाहेरीमा मुख्य प्रतिवादीहरूलाई मात्र मुद्दा दायर गर्ने र अब थप आरोपित व्यक्तिलाई पक्राउ नगर्ने हो भने मुद्दाले सहज रूप लिन्छ, नभए जटिल मोडमा राजनीति पुग्ने अवस्था छ’ भनेर लेखेको चिट खाण पक्राउ भएको भोलिपल्ट प्रहरीले बरामद गरेको थियो । खाणका वकिलले त्यसलाई बनिबनाउ झूट भएकाले प्रमाणका रूपमा प्रयोग गर्न नमिल्ने जिकिर गरेका छन् । उनीहरूको यो जिकिर चलिरहँदा लामो समयदेखि धुम्म परेको खाणको अनुहारमा केही प्रसन्नता छाएको देखिन्थ्यो । खाणका वकिलहरूले गरेको बहसप्रति नेपाल बार एसोसिएसनका पूर्वमहासचिव लीलामणि पौडेलले सामाजिक सञ्जालमा कटाक्ष गरेका छन्, ‘बहस् कि हस् रु पक्षलाई सुनाउने कि बेन्चलाई रु’

धेरै लम्बिएको भन्दै न्यायाधीश न्यौपानेले खाणका बाँकी अधिवक्तालाई बहस गर्न रोकेर खाजापछि नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँका कानुन व्यवसायीलाई प्रतिरक्षा गर्न पालो दिएका थिए । कोभिड महामारीका बेला २०७६ जेठ अन्तिम साता मियाँको गाडीमा सन्देश शर्माले दुई बोरा पैसा काठमाडौं ओसारेको हुनाले राज्यविरुद्धको अपराधमा उनी पनि संलग्न भएको अभियोजनपत्रमा उल्लेख छ । ‘यो अभियोजनमा तथ्यको अभाव छ श्रीमान्,’ मुद्दाको संक्षिप्त व्यहोरा भनिसकेपछि अधिवक्ता मन्दिरा अधिकारीले इजलासमा तर्क गरिन्, ‘कसैले गाडी प्रयोग गरेकै भरमा मियाँले राज्यविरुद्धको अपराध कसरी गरेको ठहर्छ रु’ ‘अनि गाडीचाहिँ किन प्रयोग गर्न दिएको त रु’ न्यायाधीश न्यौपानेले प्रतिप्रश्न गरे ।

जवाफमा अधिवक्ता पौडेलले कोभिड महामारीका बेला भइरहेको मानवीय आपत् र जोखिमलाई सन्दर्भमा लिन आग्रह गरिन् । ‘मानवीय नाताले त्यो बेला जसले जतिबेला जसलाई पनि सहयोग गर्नॅपर्ने अवस्था थियो, निज सन्देश शर्मा मियाँको चिनजानका मानिस भएको र उनले श्रीमती बिरामी हुनाले उपचारका लागि काठमाडौं लौजान पर्‍यो भनी गाडी मागेपछि कसरी नदिने श्रीमान् रु’ मानवीय नाताले मियाँले गाडी दिनुपरेको तर्क पौडेलले गर्दा न्यायाधीश न्यौपानेले त्यसलाई नोट गरे । अरू दुई अधिवक्ता ऋषि घिमिरे र रवीन्द्र भट्टराईले पनि मियाँ निर्दोष रहेको जिकिर गरे ।

Prabhu Bank AD

सम्बन्धित खवर