काठमाडौं । आज जेठ महिनाको अन्तिम दिन सुन चाँदीको मूल्यमा गिरावट भएको छ । बिगत दुई दिनदेखि घटेको सुनचाँदीको मूल्यमा आज ८०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजारमा र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी बिहीबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १४ सय ५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ तोलाको १४ सय २५ रुपैयाँ कायम रहेको थियो ।

