वि.सं.२०८३ मंसिर ९ मंगलवार
Shivam
Dish Home Long Ad
TaTa
रेशम चौधरीको आममाफीविरुद्धको रिटमा यसकारण सर्वोच्चले माग्यो लिखित जवाफ

 

 

काठमाडौँ । सर्वोच्च अदालतले टीकापुर हत्याकान्डका दोषी रेशम चौधरीको आममाफी प्रकरणविरुद्ध परेको रिटमा सरकारसँग लिखित जवाफ मागेको छ।

टीकापुर घटनाका प्रमुख योजनाकार रुपमा तीनै तहका अदालतबाट दोषी ठहर रेशमलाई सरकारले गत जेठ १५ गते आममाफी दिएपछि प्रहरी निरीक्षक स्वर्गीय केशव बोहराकी श्रीमती शारदा बोहरा कडायतले रिट हालेकी थिइन्।

उक्त रिटमा सुनुवाइ गर्दै मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले अग्राधिकार प्रदान गर्दै सरकारसँग पनि लिखित जवाफ मागेको हो।

टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक बोहराकी श्रीमती शारदाले गत आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दिएपछि सुनुवाइ अघि बढेको थियो।

सर्वोच्च अदालतलेसमेत जन्म कैदको फैसला गरेका टीकापुर घटनाका दोषी चौधरीले आममाफी पाइसकेका छन्।

Agni

सम्बन्धित खवर