काठमाडौं । इच्छुक सांस्कृतिक प्रतिष्ठानको आयोजनामा २२औँ इच्छुक स्मृति तथा सांस्कृतिक वलिदान दिवस एवम् पुरस्कार सम्मान समारोह सम्पन्न भएको छ । काठमाडौं (२९ घट्टेकुलो स्थित प्रतिष्ठानको आफ्नै भवनको इच्छुक प्रेक्षालयमा आयोजित कार्यक्रममा प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको इच्छुक पुरस्कार तथा सम्मान यस वर्ष पनि चारजनालाई प्रदान गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष प्रा।डा। ताराकान्त पाण्डे्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका संरक्षक समेत रहेका वरिष्ठ मार्क्सवादी सौन्दर्य चिन्तक चैतन्यबाट उक्त पुरस्कार तथा सम्मान प्रदान गरिएको प्रतिष्ठानका सदस्यसचिव प्रगतिवादी कवि मित्रलाल पंज्ञानीले बताए ।

