काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा उपेन्द्र यादव निर्वाचित भएका छन् । वैशाख १० मा भएको उपनिर्वाचनमा बारा २ बाट निर्वाचित यादवलाई संसदीय दलको नेता चयनका लागि गठित निर्वाचन समितिले निर्वाचित भएको घोषणा गरेको हो ।
पार्टीको संसदीय दलको विधान २०७७ को दफा १० को १ बमोजिम यादव सर्वसम्मत निर्वाचित भएको समितिले जनाएको छ । यसअघि बारा २ बाटै निर्वाचित रामसहाय प्रसाद यादव दलका नेता थिए । उनी उपराष्ट्रपतिमा निर्वाचित भएसँगै यो पद रिक्त थियो, यसपछि पार्टी अध्यक्षसमेत रहेका यादव निर्वाचित बनेका हुन् ।

