वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
पहिलो विदेश भ्रमण भारतबाटै नगर्दा हुन्छ ः प्रधानमन्त्री
Prabhu Bank AD

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतबाटै पहिलो विदेश भ्रमण गर्नुपर्ने राजनीतिक बाध्यता नभएको बताएका छन् ।

संसदमा बिहीबार भएको प्रश्न उत्तरमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा नयाँ प्रधानमन्त्री हुँदा पहिलो विदेश भ्रमण भारतबाटै गर्नुपर्ने बाध्यता के होला भनेर प्रश्न गरेका थिए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले यस्तो कुनै बाध्यता नभएको बताएका छन् । उनले भने, ‘यो बाध्यता छैन भन्ने जवाफ मैले आफ्नो पहिलो प्रधानमन्त्री कालमै दिइसकेको छु ।

उनले अघि भने, ‘भारतसँगको हाम्रो खुला सिमाना, आर्थिक, व्यापारिक, राजनीतिक संस्कृतिक सम्बन्धको विशिष्टता कारणले त्यो प्रचलन रहेको भए पनि त्यस्तो कुनै राजनीतिक बाध्यता छैन । त्यो कुरा हामीले प्रमाणित पनि गरिसकेका छौं ।

Prabhu Bank AD

सम्बन्धित खवर