वि.सं.२०८३ जेठ १८ सोमवार
Dish Home Long Ad
यसरी  परराष्ट्रका कर्मचारी बेगनास तालमा मृत भेटिए
Prabhu Bank AD

 

काठमाडौ । पोखराको बेगनास तालमा परराष्ट्र मन्त्रालयका एक कर्मचारी मृत फेला परेका छन्।

सोमबार बिहान साढे ८ बजेतिर परराष्ट्र मन्त्रालयमा कार्यरत नायव सुब्बा अनुप भण्डारी तालमा मृत फेला परेका हुन्।

३१ वर्षीय भण्डारीको घर उदयपुर हो। परिचयका पत्रका आधारमा उनको पहिचान भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए।

तालको छेउमा पानीमा डुबिरहेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक भगवानराज थापाको कमान्डमा टोली खटिएको छ।

Prabhu Bank AD

सम्बन्धित खवर