वि.सं.२०८३ जेठ १८ सोमवार
Dish Home Long Ad
गगन थापाले पार्टीभित्र कम्पन ल्याउने तयारी
Prabhu Bank AD

 

 

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले पार्टीभित्र कम्पन ल्याउने गरी आफ्नो असन्तुष्टि सामाजिक सञ्जालमा पोखेका छन् । सभापति शेरबहादुर देउवाको कार्यशैलीबाट दिक्क भएका उनी अब बोल्ड’ कदमको तयारीमा रहेको बुझिन्छ ।

गत वर्षको पुसमा पार्टीको १३ औं महाधिवेशनबाट गगन अत्यधिक मतका साथ महामन्त्रीमा विजयी बनेका थिए । उनीसँगै अर्का लोकप्रिय युवा नेता विश्वप्रकाश शर्मा पनि समान हैसियतमा कांग्रेसका महामन्त्री छन् ।

तर, दुवै महामन्त्रीले आफ्नो पद अनुसारको हैसियत र भूमिका पाउन सकेका छैनन् । अहिले पनि पुरानै ढर्रामा चलिरहेको कांग्रेसमा सभापति शेरबहादुर देउवाको मनोमानी यथावत छ ।

महाधिवेशनबाट सभापतिमा पुन विजयी बनेका देउवाले सुरुका दिनहरुमा महामन्त्रीलाई केही स्पेस दिन खोजेको जस्तो देखिएको थियो । उनले महत्वपूर्ण बैठकहरुमा गगनलाई आफूसँगै सहभागी गराउने गरेका थिए ।

यद्यपि, निर्णय प्रक्रियाहरुमा भने त्यसबेला पनि इतर समूहका नेताहरुलाई खासै महत्व दिँदैनथे । गत मंसिरमा भएको निर्वाचनपछि गगनले संसदीय दलमा आफैंलाई चुनौति दिएपछि भने देउवाले पूर्वाग्रह साँध्न थालेका हुन् ।

गगन निकट एक केन्द्रीय सदस्य भन्छन्, ‘नौ महिनादेखि केन्द्रीय समिति बैठक बसेको छैन । विभागहरु बनेका छैनन् । छलफल गर्न खोज्दा पटक–पटक नजरअन्दाज गरिएको छ ।

देखावटीरुपमा बैठक र छलफल गर्ने तर एकलौटी निर्णय क्रम चलिरहेको छ । यसरी सिलसिलेबार रुपमा महामन्त्रीहरुलाई किनारामा धकेल्न थालेपछि यसैको प्रतिरोधस्वप उहाँले सार्वजनिक अभिव्यक्ति दिन बाध्य हुनुपरेको हो ।’

हालै भएको पदाधिकारी वैठकमा गगनले देउवाको कार्यशैलीमाथि चर्को विरोध जनाएका थिए । पार्टीका विभाग र भातृसंगठन गठनका विषयमा छलफल गर्न सो बैठक बोलाइएको थियो ।

बैठकमा गगनको भनाइ उदृृत गर्दै स्रोतले भन्यो, ‘सभापतिज्यूले देखावटी वैठक बोलाएर लोकतान्त्रिकरुपमा काम गरिरहेको बाहिर म्यासेज दिने तर व्यवहारमा उल्टो गर्नुभएको छ । यस्तो नाटक धेरै भयो, अब बन्द गर्नुस् ।’

उपसभापति पूर्णबहादुर खड्काले देउवाको बचाउमा बोल्न खोज्दा गगन उनीसँग पनि झोक्किएका थिए ।

पछिल्लो माओवादीसँगको सत्ता सहकार्यमा पनि देउवाले इतर गुटलाई पेलाइमा पारेका छन् । कांग्रेसबाट ८ जना मन्त्री बन्दा शेखर कोइराला पक्षले तीन जना मात्रै मन्त्री पाएको छ । त्यसमा पनि गगनले सिफारिस गरेका व्यक्तिहरु पर्न सकेनन् ।

गगनले मन्त्रीपरिषदमा जातीय÷क्षेत्री सन्तुलन मिलाउने हिसाबले दलितबाट जीवन परियार, दुर्गम पहाडी क्षेत्रबाट बद्री पाण्डे, उपत्यकाबाट प्रदीप पौडेल, थारु समूदायबाट केएल चौधरीको नाम प्रस्ताव गरेका थिए । तर, यी नामहरु पार्टीले मात्र होइन, उनकै गुटबाट समेत सिफारिसमा परेनन् । यसले गर्दा गगन आफ्नै गुटका नेता शेखर कोइरालासँग खुशी नरहेको बताइन्छ ।

गगन निकट स्रोतले अब सिंगो पार्टी पंतिमा कम्पन ल्याउने खालको तयारी भइरहेको बतायो । थापाको नेतृत्वमा माथिदेखि तलसम्म समानान्तर गतिविधिहरु सञ्चालन हुन सक्ने स्रोतको दावी छ ।

‘विगतमा कम्युनिष्ट पार्टीहरुले अभ्यास गरेको जस्तो पार्टीसँग समानान्तर अभियान अगाडि बढाउने गृहकार्य भइरहेको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर