काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएकाहरूलाई कानुन, विधि र प्रक्रियाअनुसार कारबाही हुने दाबी गरेका छन्।
शनिबार सिंहदरबारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको २ घन्टा लामो छलफलपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।
एमाले अध्यक्ष ओलीले यसअघि र आजको दुवै भेटमा यस प्रकरणबारे चासो राखेको पनि जानकारी दिए। अस्ति पनि र आज पनि यो विषयमा उहाँले कर्न्सन राख्नुभयो। मैले जनरल कुरा राखेको छु ।
भुटानी शरणार्थीबारे के कुरा भयो ? प्रक्रिया, पद्धति र ऐन अनुसार दृढताका साथ अगाडि जान्छ। दोषी कोही नछुटुन, निर्दोष कोही नपरुन भन्ने मान्यताबाट बोल्डले अगाडि गइन्छ।

