वि.सं.२०८३ जेठ १३ बुधवार
Dish Home Long Ad
प्रचण्डले किन दिए नेपाल कब्जा गर्ने धम्की ?
Prabhu Bank AD

 

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई ३२ सिटे भनेर हेप्ने गरिएको बताएका छन् ।

‘३२ सिटे, हाम्रो नाम त्यस्तो भएको छ । एक पटक हामी फेरि गर्जियौं भने ३२ सिट बहुमत सिटमा पुग्छ र नेपाल कब्जा हुन्छ’ प्रचण्डले भने, ‘खाली एकतावद्ध भएर गर्जिने आवश्यकता मात्र हो ।’

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनामा प्रहरीले सुरु गरेको अनुसन्धानतर्फ लक्षित गर्दै प्रचण्डले भ्रष्टाचारको फाइल खोल्न थालेको र यो ट्रेलर मात्र भएको बताए ।

‘अब भ्रष्टाचारीहरुको फाइल खोलिन्छ । कुनै पनि हालतमा भ्रष्टाचारलाई छुट दिन सकिदैन । अहिले त्यो प्रक्रिया सुरु भएको छ, यो ट्रेलर मात्र हो, हेर्दै जानुस् सिंगै फिल्म देखिनेवाला छ’ प्रचण्डले भने ।

यसबीचमा सरकारमाथि घेराबन्दी र दबाव आउन सक्ने भन्दै उनले उत्पीडित समुदायले आफूलाई साथ दिनुपर्ने बताए ।

‘त्यसपछि पक्कै पनि ठुल्ठुला घेराबन्दी होलान्, ठुल्ठूला दबावहरु आउलान्, धम्कीहरु होलान्, धेरै चिजहरु हुन सक्छन् यो बीचमा’ उनले भने, ‘तर उत्पीडित वर्ग समुदाय हाम्रो श्रमजीवि समुदाय साथमा भयो भने जतिसुिुकै ठूलो घेराबन्दी र दबाव र धम्कीको सामना गरिनेछ ।’

यसवर्षको नीति तथा कार्यक्रम र बजेटबाट सरकारले दलितहरुका लागि विशेष घोषणा गर्ने प्रचण्डले आश्वासन दिए ।

Prabhu Bank AD

सम्बन्धित खवर