वि.सं.२०८३ जेठ १३ बुधवार
Dish Home Long Ad
बैठकमा देउवा र परियारबीच भनाभन
Prabhu Bank AD

 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सहमहामन्त्री जीवन परियारबीच भनाभन भएको छ। धुम्बाराहीमा बिहीबार बसेको पदाधिकारी बैठकमा दुई नेताबीच मन्त्रीका विषयमा भनाभन भएको हो।

परियारले पार्टीका तर्फबाट ८ जना मन्त्री पठाउँदा दलित, मधेशी तथा पछाडि परेको क्षेत्रबाट समावेश नगराइएको भन्दै गुनासो गरेपछि देउवाले जवाफ फर्काएको बताइएको छ।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार सहमहामन्त्री परियारले मन्त्री चयनको विषयमा कुरा राखेका थिए। उनले ८ जना मन्त्री पठाउँदा समावेशी नहुनुको कारण सोधेको ती पदाधिकारीको भनाइ छ।

‘जीवनजीले मन्त्री बनाउँदा दलित, मधेश तथा पिछडिएका वर्गको प्रतिनिधित्व किन भएन भनेर गुनासो गर्नुभयो,’ ती पदाधीकारीले भने, ‘यसले कार्यकर्ता र जनतामा सकारात्मक सन्देश गएन, हामी समावेशी भएनौँ भन्नुभयो।’

जवाफमा सभापति देउवाले सबैलाई समेट्न नसकिने भन्दै कांग्रेसको एकल सरकार बनेमात्र सबैलाई समेट्न सम्भव हुने जवाफ दिएको ती नेताले जानकारी दिए।

‘कहाँ सम्भव छ, कहाँ सम्भव छ। पहिला बहुमत ल्याउने सिंगल सरकार बनाउने अनि सबैलाई समेट्ने,’ देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘अहिले त्यो सम्भव छैन भनेर सभापतिले भन्नुभयो।’

सभापति देउवाले सरकार आलोपालोमा चल्ने भएकाले अर्को पटक अवसर दिन्छु भनेर बैठकमा बोलेको ती पदाधीकारीले जानकारी दिए।

Prabhu Bank AD

सम्बन्धित खवर