काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नयाँ पुराना सबै नेताहरू चोर भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै उनले नेताहरूलाई देशको माया नभएको टिप्पणी गरेका हुन्।
यसअघि पनि उनले सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिँदै आएका छन्।
उनले सरकारलाई कुनै इज्जत नगर्ने स्टाटस सामाजिक सञ्जलमार्फत लेखेका थिए। साथै, उनले सिंहदरबारको फोहोर सफा गर्न नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने पनि लेखेका थिए।
मेयर बालेन्द्रको अर्को आक्रोश– सरकारको कुनै इज्जत गर्दिनँ
मेयर शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै अराजक र गैरजिम्मेवार अभिव्यक्ति दिएको निश्कर्ष निकालेको थियो।
एक वर्षअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सार्वजनिक कार्यक्रममार्फत नै जनताले नेताहरुलाई चोर भन्ने गरेको बताएका थिए।

