वि.सं.२०८३ जेठ १३ बुधवार
Dish Home Long Ad
मुख्यमन्त्री सरोजकुमार यादवलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
Prabhu Bank AD

 

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता विपरीत काम गरेको भन्दै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग स्पष्टीकरण मागेको छ ।

उपनिर्वाचनका क्रममा मतदान भइरहेका बेला यादव आज सरकारी गाडी र सुरक्षाकर्मीसहित बारा क्षेत्र नम्बर २ को पचरौता नगरपालिका क्षेत्रमा गएका थिए ।

‘निर्वाचन आचारसंहिता विपरीत हुने गरी उहाँलाई के कति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा जानु भएको हो रु भनी स्पष्टीकरण सोधेको छ,’ आयोगले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

Prabhu Bank AD

सम्बन्धित खवर