वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
भारत चाँडै नै चीनलाई उछिन्दै विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बन्ने
Prabhu Bank AD

भारत चाँडै नै चीनलाई उछिन्दै विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बन्नेछ । यस वर्षको मध्यसम्ममा भारतको जनसङ्ख्या चीनको जनसङ्ख्याभन्दा ३० लाख बढी हुनेछ । संयुक्त राष्ट्र सङ्घको जनसङ्ख्या प्रतिवेदनमा यो कुरा बुधवार बाहिरिएको हो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार संयुक्त राष्ट्र जनसङ्ख्या कोष (युएनएफपीए) ‘विश्व जनसङ्ख्या रिपोर्ट, २०२३ को स्थिति’ को डाटा अनुसार भारतको जनसङ्ख्या यस वर्ष १४२.८६ करोड हुनेछ । यस्तै चीनको जनसङ्ख्या १४२।५७ करोड हुनेछ । ३४ करोडको जनसङ्ख्याका साथ अमेरिका तेस्रो स्थानमा हुनेछ ।

प्रतिवेदनमा भनिएको छ कि यी अनुमानहरू फेब्रुअरी २०२३ सम्मको तथ्याङ्कमा आधारित छन् ।

संयुक्त राष्ट्रका अधिकारीहरूले भारत र चीनबाट आउने तथ्याङ्कको ‘अनिश्चितता’ का कारण निश्चित मिति दिन सम्भव छैन, विशेष गरी भारतको पछिल्लो जनगणना सन् २०११ मा भएको थियो र सन् २०२१ मा हुने भनिएको जनगणना महामारीका कारण अहिलेसम्म गर्न सकिएको छैन ।

Prabhu Bank AD

सम्बन्धित खवर