वि.सं.२०८३ जेठ १३ बुधवार
Dish Home Long Ad
मिटरब्याज पीडित र सरकारबीच आजको वार्ता विनानिकर्ष
Prabhu Bank AD

 

काठमाडौं । मिटरब्याज पीडित र सरकारी टोलीबीच सोमबारको वार्ता विना निकर्ष सकिएको छ । २७ चैतमा फेरि वार्तामा बस्ने गरी सोमबारको वार्ता सकिएको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनले जानकारी दिए ।

उनका अनुसार आजको वार्तामा मिटरब्याज पीडितसंग सरकारले यस अगाडि गरेका सहमतिका बारेमा छलफल भयो । सरकारले १ असोज र १८ चैतमा मिटरब्याज पीडितसंग सम्झौता गरेको थियो ।

यी सम्झौताले मिटरब्याज पीडितको समस्या समाधान नहुने भन्दै २० चैतदेखि मिटरब्याज पीडितको अर्को समूह काठमाडौं केन्द्रित आन्दोलनमा छ । काठमाडौंमा आन्दोलित पीडितसंग सरकारले २५ चैतमा प्रारम्भिक छलफल गरेको थियो । छलफलका क्रममा पीडितले सरकारसमक्ष ६ बुँदे माग राखेका छन् ।

पीडितले राखेका ६ बुँदे मागका विषयमा सोमबारको वार्तामा विस्तृतमा छलफल नभएको संघर्ष समितिका प्रवक्ता नविनले बताए । प्रवक्ता नविनका अनुसार भोलि हुने वार्तामा मिटरब्याज पीडितले राखेका ६ बुँदे मागका विषयमा छलफल हुनेछ ।

 

Prabhu Bank AD

सम्बन्धित खवर