वि.सं.२०८३ जेठ १३ बुधवार
Dish Home Long Ad
संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दै
Prabhu Bank AD

काठमाडौं। संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। दुवै सदनको बैठक आज दिउँसो १ बजे बस्नेछ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आ।व। २०७८-०७९ पेस गर्नेछन् भने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त सार्वजनिक सेवा प्रशारण विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

त्यसैगरी, राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७८-०७९, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ३२औं वार्षिक प्रतिवेदन, २०७८-०७९ पेस गर्नेछन्।

त्यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी थापा रावल (पार्वती) ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५-०७६,०७६-०७७ र ०७७-०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग ९तेस्रो संशोधन० लगायत विभिन्न विधेयकहरू प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

 

Prabhu Bank AD

सम्बन्धित खवर