वि.सं.२०८३ जेठ १३ बुधवार
Dish Home Long Ad
नेकपा (क्रान्तिकारी माओवादी) र बहुमतबीच पार्टी एकतावारे पत्रकार सम्मेलन सम्पन्न
Prabhu Bank AD

 

काठमाडौँ । मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला कञ्चन नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी९बहुमत० बीच पार्टी एकतावारेमा पत्रकार सम्मेलन भएको छ । आज एक कार्यक्रमका बीच २ दलको एकतावारे जानकारी दिन पत्रकार सम्मेलन गरिएको हो ।

पार्टी एकताको औपचारिक घोषणा अन्तर्राष्ट्रिय मजदुर दिवस ९ आउँदो मे १० का अवसरमा हुने नेकपा बहुमतका नेता हेमन्तप्रकाश वलीले जानकारी दिनु भयो ।

कुनै समय तत्कालीन नेकपा माओवादीमा सँगै रहेका वैद्य र बास्तोला पुन एक ठाउँमा आएका हुन् । दुई दलले गत साउनमै पार्टी एकीकरण गर्ने सहमति गरेका थिए ।


पार्टी एकीकरणका लागि दुवै पार्टीबाट ६–६ जना गरी १२ जनाको संयोजन समिति बनाइएको थियो । समितिमा क्रान्तिकारी माओवादीका तर्फबाट महासचिव वैद्यसहित सीपी गजुरेल, हरिभक्त कँडेल, परी थापा, इन्द्रमोहन सिग्देल र रामसिंह श्रीश रहेका थिए भने नेकपा बहुमतबाट संयोजक बास्तोलासहित हेमन्तप्रकाश वली, दीपक चलाउने, गुणराज लोहनी, कृष्ण धमला र देवकला अधिकारी सदस्य थिए ।

नेकपा (क्रान्तिकारी माओवादी) का स्थाई समिति सदस्य सीपी गजुरेलको अध्यक्षता र नेकपा बहुमतका नेता हेमन्तप्रकाश वलीको सञ्चालनमा सो पत्रकार सम्मेलन गरिएको थियो ।

ज्ञात अज्ञात सहीदहरुप्रति एक मिनट मौन धारणव्दारा श्रद्धान्जली अर्पण गर्दै सुरु गरिएको कार्यक्रममा पत्रकारका लागि वितरण गर्न तयार पारिएको संयुक्त प्रेस—वक्तव्य वाचन गरेर सुनाइएको थियो ।

कार्यक्रमलाई नेकपा९बहुमत०का संयोजक कञ्चन र नेकपा९क्रान्तिकारी माओवादी०का महाचिव किरणले सम्वोधन गर्नु भएको थियो । सम्वोधनपछि पत्रकारहरुका प्रश्नको जवाफ नेकपा९बहुमत०का संयोजक कञ्चनले दिनु भएको थियो ।

नेकपा(क्रान्तिकारी माओवादी) का महाचिव किरणले सम्वोधनका क्रममा भन्नु भयो—“ आज धेरै खुशीको दिन हो । हाम्रो पार्टी एकताको प्रयत्नमा सफल भएको छ । यद्धपि समग्र पार्टी एकतावद्ध गर्ने प्रश्न एउटा महान ऐतिहासिक अभियान हो । संयुक्त प्रेस—वक्तव्य अनुसार जाने र अगाडि बढनेमा हाम्रो पार्टीका तर्फबाट दृढ प्रतिवद्धता व्यक्त गर्दछु ।”
संयुक्त प्रेस—वक्तव्यमा नेकपा९मशाल० सँगको पार्टी एकता संयोजन समिति र वार्ता जारी रहेको छ । निकट भविष्यमा नै त्यससँगको पनि एकता हनेछ भनिएको छ ।

संयुक्त प्रेस—वक्तव्य

Prabhu Bank AD

सम्बन्धित खवर