वि.सं.२०८३ जेठ १८ सोमवार
Dish Home Long Ad
एसईई परीक्षा केन्द्रबाट दुई सय जना नक्कली परीक्षार्थी पक्राउ
Prabhu Bank AD

माध्यमिक शिक्षा परीक्षा (एसईई) दिँदै गर्दा मोरङको तीनवटा परीक्षा केन्द्रबाट १९९ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । सामाजिक अध्ययन विषयको परीक्षा दिँदै गर्दा आज बिहान जिल्लाको तीन वटा परीक्षा केन्द्रबाट ती परीक्षार्थी पक्राउ परेका हुन् ।

ग्रामथान गाउँपालिका वडा नम्बर २ स्थित सरस्वती माध्यमिक विद्यालय, केराबारी गाउँपालिका वडा नम्बर ७ स्थित सार्वजनिक माध्यमिक विद्यालय र सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १ स्थित जनता माध्यमिक विद्यालयबाट १९९ जना परीक्षार्थीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

नक्कली परीक्षार्थीको आशंकामा उनीहरुलाई आज बिहान ९ बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता रञ्जन दाहालले जानकारी दिए ।
उनले भने, ‘बिहान ९ बजे १९९ जना शकांस्पद परीक्षार्थीलाई नियन्त्रणमा लिएका छौं । हाल अनुसन्धान भइरहेको छ । कुन–कुन विद्यालयका विद्यार्थी हुन् भन्ने खुल्ने क्रममा छ ।’

Prabhu Bank AD

सम्बन्धित खवर