वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
Prabhu Bank AD

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको संघीय संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची छ।

त्यस्तै, ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८’ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक सेवा आयोगको ६३औं वार्षिक प्रतिवेदन पेस गर्नेपनि सम्भावित कार्यसूचीमा उल्लेख छ।

 

Prabhu Bank AD

सम्बन्धित खवर