वि.सं.२०८३ जेठ १८ सोमवार
Dish Home Long Ad
उपनिर्वाचनमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह वितरण हुँदै
Prabhu Bank AD

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनको कार्यतालिका अनुसार आज उम्मेदवारको अन्तिम नामावली प्रकासन हुँदैछ ।

निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको छ ।त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि आजै चुनाव चिह्न दिइने आयोगले जनाएको छ । २०८० वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन तालिका छ ।

तनहुँ-१, बारा-२ र चितवन-२ मा उपनिर्वाचन हुन लागेको हो ।

Prabhu Bank AD

सम्बन्धित खवर