वि.सं.२०८३ जेठ १८ सोमवार
Dish Home Long Ad
यसरी कृषि उद्योगमात्र नेपालमा दिगो हुन्छ
Prabhu Bank AD

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषिमा आधारित उद्योगमात्र नेपालमा दिगो हुने बताएका छन् । कृषिभन्दा बाहिरको उद्योग खोल्न खोजे दिगो नहुने उनको भनाइ छ ।

नेकपा माओवादी केन्द्रको आयोजनामा भएको सहकारीकर्मीहरुको प्रथम भेलालाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, नेपालमा कृषिमा आधारित उद्योगमात्र दिगो हुन्छ ।’

आर्थिक समृद्धिका लागि कृषि उत्पादनमा जोड दिनुपर्ने बताए । यस वर्षको नीति तथा कार्यक्रममा पनि कृषिलाई प्राथमिकता दिने उनले बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री जनार्दन शर्माले, पार्टीले अब पहिलेको जस्तै उत्पादन ब्रिगेड बनाएर कृषिजन्य उत्पादनमा जोड दिनुपर्ने बताए ।

Prabhu Bank AD

सम्बन्धित खवर