वि.सं.२०८३ जेठ १८ सोमवार
Dish Home Long Ad
गभर्नर पुग्नुअघि अर्थमन्त्रीलाई सेयर खेलाडीहरुको ८९ बुँदे सुझा
Prabhu Bank AD

अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर सेयर किनबेचमा सक्रिय खेलाडीहरुले अर्थतन्त्र सुधार्न सुझाव दिएका छन् । उनीहरु सुझावको ८९ बुँदे ठेली बोकेर आज सिंहदरबारस्थित अर्थमन्त्रालय पुगेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार फोरमको टोलीले मन्त्रीलाई सुझाव दिएको हो । यसअघि महासंघका अध्यक्ष शेखर गोल्छाको समूहले मन्त्रीलाई भेटिसकेको थियो । तर फोरमका सभापति अम्बिकाप्रसाद पौडेललगायतको टोलीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहितको केन्द्रीय बैंकका पदाधिकारीहरु अर्थमन्त्रालय जानुअघि मन्त्रीलाई भेटेर झण्डै एक सय बुँदा टिपाएका हुन् ।

पौडेलले मन्त्रीलाई अर्थ मन्त्रालय, राष्ट्र बैंक, धितोपत्र बोर्डलगायत निकायबाट हुनुपर्ने सुधार भन्दै सेयर खेलाडीको पक्षमा सुझाव पेश गरेको बताइन्छ । उनीहरुको मुख्य चासो सेयर धितोको कर्जाको १२ करोडको सीमा हटाउनुपर्ने, बैंक तथा वित्तीय संस्थाले पनि सेयर खरिद गर्न पाउनुपर्ने, सेयरधितो कर्जाको पुँजी जोखिम भारलाई १०० मा झार्नुपर्ने र चुक्ता सेयर पुँजीको ४० प्रतिशत मात्र सेयर धितोको कर्जा दिन पाइने व्यवस्थालाई हटाउनुपर्ने माग छ ।

अर्थमन्त्रीलाई मौद्रिक क्षेत्रको बिफ्रिङ गर्न राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहितको टोली दिउँसो ४ बजे सिंहदरबार जाने कार्यक्रम छ ।

Prabhu Bank AD

सम्बन्धित खवर