वि.सं.२०८३ जेठ १८ सोमवार
Dish Home Long Ad
ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रदेश सरकार आतुर
Prabhu Bank AD

काठमाडौं । होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्सा वीरगञ्ज तथा ठोरी गाउँपालिकाद्वारा सोमबार ठोरीमा आयोजित ठोरीको पर्यटन प्रवद्र्धनमा सरोकारवालाको भूमिका तथा सम्मान कार्यक्रममा उनले ठोरीलाई प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न गुरु योजना बनाइरहेको जानकारी दिइन्।

बजेटमात्र दिएर पर्यटकीय क्षेत्रका रूपमा विकास हुन सक्दैन, त्यसका लागि मास्टर प्लान महत्वपूर्ण कुरा हो, त्यसैले हामी ठोरीसहित प्रदेशभरिका पर्यटकीय क्षेत्रहरूको मास्टर प्लान बनाइरहेका छौँ, तपाईँहरू ढुक्क हुनुस् हामी ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न कुनै कसर बाँकी राख्दैनौँ ।

कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले विगतमा प्रदेश सरकारले ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न बजेट विनियोजन गर्ने आवश्वास दिए पनि सरकारको नीति तथा कार्यक्रममा समावेश नगरिएको गुनासो गरे ।

मधेस प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले ठोरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न रु १० करोड बजेट दिने घोषणा गरे, तर सरकारले न बजेट दियो न त नीति तथा कार्यक्रममै समावेश गरियो”, उनले भने, सरकारले कम्तीमा पनि नीति तथा कार्यक्रममा समावेश गरिदिएको भए अरु ठाउँबाट पनि सहयोग आउन सक्थ्यो तर भएन, अहिलेको प्रदेश सरकारले केही गर्ला भन्ने आशा गरेका छौँ ।

सो अवसरमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवालले ठोरी आउनेमध्ये अधिकांश पर्यटक भारतबाट आउने भए पनि खर्च गर्ने उचित वातारण नहुँदा समस्या भइरहेको बताए । उनले कुनै एक पक्ष वा एकल प्रयासबाट ठोरीको विकास सम्भव नभएकाले सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्साका अध्यक्ष हरि पन्तको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा ९एमाले० ठोरीका नेता खगेन्द्र श्रेष्ठले ठोरीलाई पर्यटनसँग जोड्नका लागि उद्योग व्यवसायी सञ्चालनको वातारण बनाउन उद्योगी व्यवसायीसँग आग्रह गरे । कार्यक्रममा उद्योग, पर्यटन तथा वनमन्त्री सुनिता यादव र वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अग्रवाललगायत पदाधिकारीलाई सम्मान गरिएको थियो ।

Prabhu Bank AD

सम्बन्धित खवर