काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा मिटरब्याजीपीडित नागरिकहरुको न्यायका लागि कुरा भइरहँदा सांसदका कुर्सीभने आधाभन्दा धेरै खाली भएका छन्।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरुलाई न्याय दिनबाट सरकार पछि नहट्ने प्रतिवद्धता जनाइरहँदा मन्त्री र सांसदहरुको उपस्थिति न्यून थियो।
प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उनले मिटरब्याजीपीडितलाई कारबाही गर्ने बताए।

