वि.सं.२०८३ जेठ १३ बुधवार
Dish Home Long Ad
११ दिन पैदल हिँडेर काठमाडौं आएका मिटरब्याजपीडितहरुलाई क्रान्तिकारी माओवादीसहित तीन कम्युनिस्ट पार्टीको साथ
Prabhu Bank AD

 

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा (मशाल) निकट तीन किसान महासंघले १२ दिन पैदल हिँडेर काठमाडौं आइपुगेका मिटरब्याजपीडितलाई रत्नपार्क शान्तिबाटिकामा स्वागत गरेका छन् । मधेसका विभिन्न जिल्लाबाट पैदल हिँडेर काठमाडौं आएका मिटरब्याजपीडितहरुले खुलामञ्चमा आश्रय लिन खोजेका थिए तर काठमाडौं महानगरपालिकाको नगर प्रहरीले प्रवेशमा रोक लगाएपछि केहीबेर झडपको स्थिति बनेको थियो ।

तीन पार्टी सम्बद्ध किसान महासंघका नेताहरुले मिटरब्याज पीडितहरुको संघर्षप्रति ऐक्यबद्धता जनाएका थिए । खुलामञ्चमा प्रवेश गर्न महानगरपालिकाको नगर प्रहरीले रोक लगाएसँगै पीडितहरुसँगै तीन पार्टीका किसानहरु पनि गेटमा नै धर्नामा बसेका छन्।


मिटरब्याज पीडितहरुको संघर्षलाई अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का अध्यक्ष सीताराम तामाङ, नेकपा (क्रान्तिकारी माओवादी)का पीविएम तथा प्रदेश ३ का सेक्रेटरी सुरेश श्रेष्ठ लगायत तीनवटै पार्टीका नेता तथा किसान महासंघका नेताहरुले साथ दिएका छन् ।

पीडितहरूले महानगरपालिकाले रोक लगाएको भन्दै काठमाडौंका मेयर बालेन साहबिरुद्ध नाराबाजीसमेत गरेका छन्। मिटरब्याजपीडितहरुले खुलामञ्चमा विरोध कार्यक्रम गर्न मेयर र जिल्ला प्रशासन कार्यालयमा अनुमति माग गरे पनि नदिएको बताएका छन्।

पीडितहरूले मेयर साहले स्वागत गर्ने आशामा काठमाडौं आएको तर मेयर साहले प्रदर्शन गर्नसमेत रोक लगाएको भन्दै नाराबाजी गरेका हुन्। महानगरले खुलामञ्च प्रवेश गर्न नदिँदा पीडितहरू वीर अस्पतालअगाडिको सडकमै बसेर राती अबेरसम्म गरिरहे ।

यसअघिका आन्दोलनमा सरकारले आफूसँग गरेका सम्झौता पालना नगरेको भन्दै प्रधानमन्त्री समक्ष आफ्ना माग फेरि सुनाउन भन्दै उनीहरू बर्दिबासदेखि पैदल यात्रा गरेर काठमाडौं आएका हुन् ।

 

Prabhu Bank AD

सम्बन्धित खवर