वि.सं.२०८३ जेठ १३ बुधवार
Dish Home Long Ad
सुकुम्बासी बस्तीमाथि फेरि दमन भए प्रतिरोधमा उत्रन क्रान्तिकारी सुकुम्बासी संघको अपिल
Prabhu Bank AD

काठमाडौं । चैत्र ११ गते एक सूचना जारी गरी काठमाडौं महानगरले पुन: ७ दिनभित्र नदी किनारका अनधिकृत संरचना खाली गर्न उर्दी गरेपछि त्यसको कडा प्रतिवाद गर्दै अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघले प्रेस विज्ञप्ति जारी गरेको छ । संघका प्रदेश ३ का अध्यक्ष मिनकुमार रानामगरले जारी गरेको प्रेस विज्ञप्तिमा सुकुम्बासीका माथि गरिने आतंक र दमन बन्द गरी सुकुम्बासी बस्तीको उचित व्यवस्थापन गर्न काठमाडौं महानगरसँग आग्रह गरेको छ ।

साथै, विज्ञप्तिमा चेतावनी दिंर्दै भनिएको छ, “यदि सुकुम्बासीहरुमाथि दमन भएमा यसको प्रतिरोध गर्नका लागि आम सुकुम्बासीहरुलाई हार्दिक अपिल गर्दछौं । सुकुम्बासीमाथि दमन भएमा हुने परिस्थितिको जिम्मा स्वयम् महानगरपालिकाले लिनु पर्नेछ ।”

विज्ञप्तीमा २०७९ भदौं ९ गते राष्ट्रिय भूमि आयोग र काठमाडौं महानगरपालिकाबीच भूमिहीन दलित र भूमिहिन सकुम्बासीलाई जग्गा उपलब्ध गराउने सहमती विपरीत एकलौटी ढंगले सूचना प्रकाशित गरेर नदी किनारमा बसोबास गर्ने सुकुम्बासीहरुलाई आतंकित पार्ने महानगरको कार्यको संघले खेद व्यक्त गरेको छ ।

यता काठमाडौ महानगरपालिकाले झुठो मुद्दामा भूमि अभियान्ता हुकुमबहादुर लामा र नारायण परियारलाई पक्राउ गरेको विरोधमा संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले दिनहुँ जसो सडक दबाब दिइरहेको छ । मोर्चाको आयोजनामा बिहीबार सुकुम्बासी तथा अव्यवस्थित बसोबासी अगुवाहरुले बेलुका ४ देखि ५ बजेसम्म माइतीघरमा १ घण्टा धर्ना दिएका छन् । धर्ना कार्यक्रममा ‘भूमि अभियन्तालाई निशर्त रिहा गर’, ‘झुठा मुद्दा खारेज गर’ लेखिएका प्लेकार्डहरु प्रदर्शन गरिएका छन् । १९ औं दिनदेखि सडक धर्ना कार्यक्रम जारी छ । यसैबीचमा काठमाडौं महानगरले बस्ती खाली गर्न सूचना निकालेर पुन: सुकुम्बासीहरुलाई आतंकित बनाउने काम गरिरहेको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर