वि.सं.२०८३ जेठ १३ बुधवार
Dish Home Long Ad
रेडियोहरूले श्रमप्रति सम्मान र कामप्रति गर्व हुने सामग्री प्रसारण गर्नुपर्छ : राष्ट्रपति
Prabhu Bank AD

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सामुदायिक रेडियोहरूले श्रमप्रति सम्मान र कामप्रति गर्व महसुस हुने खालका सामग्री प्रसारण गर्नुपर्ने बताएका छन् ।

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को कार्यसमितिसँग शनिबार शीतल निवासमा भेट गर्दै राष्ट्रपति पौडेलले सामुदायिक रेडियोहरू दुर्गम भेगका समुदायसम्म पनि सहज रूपमा पुगेको र समुदायसँग घुलमिल भएकाले सामुदायिक रेडियोले ुश्रम संस्कृतिुलाई प्रोत्साहन गर्ने खालका सामग्री प्रसारण गर्नुपर्ने सुझाव दिएका हुन् ।

श्रमले तन र मन दुवै स्वस्थ बनाउने भएकाले यो अपरिहार्य रहेको राष्ट्रपति पौडेलको भनाइ थियो । अहिले अलिकति पढेपछि काम गर्न हुँदैन भन्ने खालको मनोविज्ञान र धारणा निर्माण भइरहेको भन्दै उनले यो धारणा बदल्न र कामप्रति गर्व गर्न हरेक नागरिक र समुदायमा सूचना र शिक्षा दिने सामुदायिक रेडियोको दायित्व भएको बताए ।

भेटघाट कार्यक्रममा संघका अध्यक्ष अर्जुन गिरीले राष्ट्रपति पौडेललाई सफल कार्यकालको शुभकामना दिँदै रेडियो सेट उपहार दिएका थिए ।

 

Prabhu Bank AD

सम्बन्धित खवर