वि.सं.२०८३ जेठ १३ बुधवार
Dish Home Long Ad
जनगणना प्रतिवेदन : २१ लाख ९० हजार ५९२ जना नेपाली विदेशमा
Prabhu Bank AD

काठमाडौं । २१ लाख ९० हजार भन्दा बढी नेपाली विदेशमा बसोबास गर्ने गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को पूर्ण प्रतिवेदनका अनुसार १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना अक्सर विदेशमा बस्ने गरेको पाइएको हो ।

यो गत २०६८ को राष्ट्रिय जनगणनाभन्दा २ लाख ६९ हजार ९८ जनाले बढी हो । २०६८ को जनगणनामा १९ लाख २१ हजार ४९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोबास गरेको पाइएको थियो ।

जनगणना २०७८ मा १७ लाख ९९ हजार ६७५ जना पुरुष ९८२।२ प्रतिशत० र ३ लाख ९० हजार ९१७ ९१७।८ प्रतिशत० महिला विदेशमा रहेका प्रतिवेदनमा उल्लेख छ ।

Prabhu Bank AD

सम्बन्धित खवर