वि.सं.२०८३ जेठ १३ बुधवार
Dish Home Long Ad
कोशी विरुद्धको उग्र प्रदर्शनमा हवाइ फायर सहित चारजना पक्राउ
Prabhu Bank AD

 

 

‘कोशी’ प्रदेशको विरुद्ध प्रदर्शन उग्र बनेपछि विराटनगरमा हवाइ फायर भएको छ। प्रदर्शनकारीले रोडशेष चौकको निषेधाज्ञा तोडेपछि प्रहरीले चार राउन्ड हवाइ फायर गरेको हो। प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रुग्यास पनि प्रहार गरेको हो। प्रहरीले चार जना आन्दोलनकारीलाई पनिनियन्त्रणमा लिएको छ।

आन्दोलनकारी मुख्यमन्त्री कार्यालयतर्फ अगाडि बढेपछि रोक्न प्रहरीले बल प्रयोग गरेको हो। प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने मुख्य माग लिएर विराटनगरमा विभिन्न समूहले प्रदर्शन गरेका हुन्।

 

कोशी प्रदेश नामकरणपछि हुन लागेको विरोध प्रदर्शन रोक्न जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेपछि पूर्व निधारित स्थान परिवर्तन गरी पहिचान पक्षधरहरुले लोकतान्त्रिक चौकमा प्रदर्शन गरिरहेका छन्।

Prabhu Bank AD

सम्बन्धित खवर