वि.सं.२०८३ जेठ १३ बुधवार
Dish Home Long Ad
कोशी प्रदेश विरुद्ध विराटनगरमा प्रदर्शन, कडा सुरक्षा
Prabhu Bank AD

 

काठमाडौं । प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने मुख्य माग लिएर विराटनगरमा वृहत प्रदर्शन शुरु भएको छ।

कोशी प्रदेश नामकरणपछि हुन लागेको विरोध प्रदर्शन रोक्न जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेपछि पूर्व निधारित स्थान परिवर्तन गरी पहिचान पक्षधरहरुले लोकतान्त्रिक चौकमा प्रदर्शन गरिरहेका छन्।

यसअघि उनीहरुले मुख्यमन्त्री कार्यालय र प्रदेश सभा भवनअगाडिको क्षेत्रमा प्रर्दशन गर्ने तयारी थियो।

यद्यपि पहिचान पक्षधरहरुले ती स्थानमा प्रर्दशन गन सुचना पाएपछि स्थानीय प्रशासनले मुख्यमन्त्तीको कार्यालय आसपास र प्रदेश सभा भवन आसपासको क्षेत्रमा शनिवारदेखि लागु हुने गरी निषेधित क्षेत्र घोषणा गरेको छ।

जनप्रदर्शनमा माओवादी नेता गोपाल किराती, लिम्बुवानका नेता तथा पहिचान पक्षधरहरू कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, प्रेम एक्तेन, ज्ञानबहादुर राई, डकेन्द्रसिंह थेगिम, गेल्जे लामा शेर्पा, आङ्दावा शेर्पा, दिलराम राई, मिशेकहाङ्ग थाम्सुहाङलगायतले सम्बोधन गर्नेछन्।

सुरक्षा स्थितिलाई सहज एवम् सामान्य तुल्याई राख्न जिल्ला सुरक्षा समितिको मोरङको निर्णयानुसार चैत ५ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवतजावतबाहेक सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्य गर्न रोक लगाइएको प्रशासनले जनाएको छ।

Prabhu Bank AD

सम्बन्धित खवर