काठमाडांै । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचन, २०७९ को मतपत्रको नमुना सार्वजनिक गरेको छ। उक्त निर्वाचनका लागि दुई प्रकारका मतपत्र व्यवस्था गरिएको छ।
सङ्घीय संसद्का सदस्यले मतदान गर्ने प्रयोजनका लागि रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ। मतपत्रमा उम्मेदवारको तस्बिर र नाम समावेश गरिएको छ। उपराष्ट्रपतिको निर्वाचनमा अष्टलक्ष्मी शाक्य (बोहरौ, प्रमिला कुमारी, ममता झा र रामसहायप्रसाद यादव गरी चार उम्मेदवार छन्।

