वि.सं.२०८३ जेठ १३ बुधवार
Dish Home Long Ad
चीन जाने यात्रुलाई आजदेखि खुल्ला , के–के चाहिन्छ कागजात ?
Prabhu Bank AD

 

काठमाडौं । चीनले धेरै मुलुकमा लागेको यात्रा प्रतिबन्धहरु हटाइरहेको छ । जसका कारण चिनियाँ नागरिक घुमफिरमा निस्कन वा अन्य मुलुकका नागरिक चीन जान सहज भएको छ । यससँगै नेपालबाट चीन जान भने यात्रुले केही तोकिएका कागजात अनिवार्य बोक्नु पर्ने भएको छ ।

नेपालबाट चीनमा नियमित उडान गरिरहेको हिमालय एयरलाइन्सका अनुसार चीन जाने सबै यात्रुले कोभिड(१९ को लागि बोर्डिङ अघि ४८ घण्टा भित्रको न्यूक्लिक एसिड टेस्ट वा एन्टिजेन–रेपिड टेस्ट (एआरटी वा एआरटी–घरेलु–परीक्षण) गर्नु पर्ने भएको छ । टेस्टको नतिजा आएमा मात्र चीनमा यात्रा गर्न सकिने भएको छ । नतिजा पोजेटिभ आयो भने चाहिं कोभिड १९ रिर्पोट नेगेटिभ आएपछि मात्र यात्रा गर्न सकिने कम्पनीले जनाएको छ ।

Prabhu Bank AD

सम्बन्धित खवर