वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
संकटमा कृषि विकास बैंक, कसरी सफल होलान् सीईओ गुरुङ ?
Prabhu Bank AD

 

काठमाडौँ । गत वर्ष भदौतिर नेपाल स्टक एक्सचेञ्ज सूचक ३२ सय विन्दुमा पुग्दा कृषि विकास बैंकको प्रतिकित्ता सेयरमूल्य ५ सय रुपैयाँ थियो।

बजार घट्दै जाँदा अन्य वाणिज्य बैंकहरुको सेयरमूल्य निकै तल आउँदा पनि कृषि विकास बैंकको प्रतिकित्ता सेयरमूल्य उच्च नै थियो।

तर जब बैंकले गत वर्षको मुनाफाबाट लाभांश घोषणा गर्यो त्यसपछि भने निरन्तरजसो बैंकको सेयरमूल्य घट्न थाल्यो। गत पुस २६ गते बैंकले १३ प्रतिशत लाभांश घोषणा गरेको थियो। जुन अघिल्लो वर्षको तुलनामा ८ प्रतिशत कम हो।

बैंकको लाभांश दर घटेसँगै सेयरमूल्यमा गिरावट देखिनथालेको हो। बैंकको सेयर बेच्ने क्रम बढ्न थालेपछि मूल्य घटेर फागुन ३० गते २८१ रुपैयाँमा झरेको छ भने नाफा समेत खुम्चिँदै गइरहेको छ।

यतिमात्र होइन पहिलो त्रैमासिकमा खुम्चिएको नाफा दोस्रो त्रैमासिकमा आइपुग्दा नोक्सानीमा पुगेको छ।

चालू आवको असोजसम्म २२ करोड नाफा गरे पनि पुसमा बैंक नोक्सानीमा देखिएको छ।

अघिल्लो वर्षको पुसमा १ अर्ब २२ करोड रुपैयाँ नाफा गरेको बैंक यो वर्ष १२ करोड नोक्सानीमा देखिएको हो। बैंकको नोक्सानी ११ करोड ८९ लाख रुपैयाँ छ।

गुरुङको काँधमा बिग्रिँदो अवस्था सुधार्ने जिम्मेवारी
नोक्सानीमा देखिएको बैंकको खराब कर्जा पनि उच्च छ। यसले बैंकको आगामी यात्रा चुनौतीपूर्ण त देखाउँछ नै, व्यवस्थापनमाथि नै प्रश्न तेर्सिएको छ।

हालै कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत ९सीईओ०मा गोविन्द गुरुङ नियुक्त भएका छन्। बैंकको बिग्रिँदो अवस्थालाई सुधार्ने जिम्मा उनको काँधमा छ।

कृषि विकास बैंकको सीईओमा गुरुङ नियुक्त

पुसमा बैंक नोक्सानीमा मात्रै छैन, खराब कर्जा पनि उच्च छ। पुस मसान्तमा बैंकको खराब कर्जा ४.५२ प्रतिशत पुगेको छ।

बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ५ प्रतिशतमाथि पुग्दा त्यसलाई जोखिमयुक्त मानिन्छ। बैंकको खराब कर्जा ५ प्रतिशत नजिक पुग्दै छ।

खराब कर्जा बढ्दा बैंकको कर्जा नोक्सानी समेत बढेको छ। पुस मसान्तसम्म बैंकले कर्जा नोक्सानीबापत २ अर्ब १७ करोड ६४ लाख रुपैयाँ छुट्याएको छ। कर्जा नोक्सानी बढ्दा लगानीयोग्य रकम घट्न गई व्यवसाय नै घट्छ। व्यवसाय राम्रो गर्न नसक्दा पुन: सेयरधनीलाई दिने लाभांश दर गिरावट हुँदै जान्छ।

साथै बैंकको कर्जा निक्षेप अनुपात ९सीडी रेसियो० समेत ८९ प्रतिशत हाराहारीमा छ। यसले पनि बैंक कर्जा लगानी गर्नसक्ने अवस्थामा नरहेको देखाउँछ। यतातिर कर्जा लगानी गर्न नसक्ने अवस्थामा खराब कर्जाबापतको नोक्सानीले झन् अवस्था गम्भीर बन्दै गएको देखिन्छ।

सेयरमूल्यमा निरन्तर गिरावट

२०७८ चैत १ गते कषि विकास बैंकको सेयरमूल्य ४०९ रुपैयाँ रहेकोमा फागुन ३० गते आइपुग्दा २८१ रुपैयाँमा सीमित भएको छ।

२०७८ चैत सेयर साढे २५ सय विन्दुमा थियो। २०७९ मा भने बजार २ हजार नजिक छ। नेप्से २५ सय विन्दुको तुलनामा २ हजार विन्दु नजिक हुँदा एभरेष्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको मूल्य भने धेरै छ।

बजार साढे १८ सय विन्दु नजिक हुँदा समेत कृषि विकास बैंकको सेयरमूल्य ३४४ रुपैयाँ थियो। बैंकको वित्तीय अवस्था बिग्रिँदै जानु र लाभांश दर घट्दै जाँदा बैंकको सेयरमूल्य निरन्तर घट्नथालेको देखिन्छ।

चालू आवको दोस्रो त्रैमासिक रिपोर्ट हेर्दा आगामी वर्ष बैंकको नाफा खुम्चिएर लाभांश क्षमतामा ह्रास आउने भएपछि सेयर बेच्ने बढ्नथालेका छन्। बैंकको सेयर माग नहुँदा सेयरमूल्य घट्ने नै भयो।

खराब कर्जा बढ्दै

कृषि विकास बैंकको खराब कर्जा साढे ४।५२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा बैंकको खराब कर्जा २।०८ प्रतिशत थियो।

बैंकको खराब कर्जा गत वर्षको तुलनामा दोब्बर पुगेको छ। खराब कर्जा बढ्दा कर्जा नोक्सानीबापत रकम समेत दोब्बर भएको छ। जसले गर्दा बैंकसँग कर्जा लगानीयोग्य रकम समेत कसिलो भएको अवस्था छ।

पुस मसान्तसम्म बैंकको कर्जा नोक्सानी बढ्दै जानु र सीडी रेसियो करिब ८९ प्रतिशत हुनुले बैंक कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेको बुझिन्छ।

मुद्दती निक्षेपको भार

बैकसँग मुद्दती निक्षेपको हिस्सा ठूलो हुँदा लागत बढेकाले नाफा खुम्चिएको कृषि विकास बैंकका एक उच्च अधिकारी बताउँछन्।
‘कृषि विकास बैंकसँग हाइ कस्ट परेको डिपोजिट धेरै छ’, उनले भने, ‘हामीसँग वाणिज्य बैंकको जस्तो सस्तो निक्षेप छैन। धेरै मुद्दती खाता छन्। मुद्दती खाता धेरै हुँदा लागत बढेकाले आम्दानीमा केही प्रभाव पारेको हो।’

ती अधिकारीका अनुसार एकातिर बैंकको लागत बढ्यो भने अर्कोतिर खराब कर्जा बढ्दा प्रोभिजन समेत बढेर नाफा खुम्चिन पुग्यो।
‘विस्तारै कर्जा उठ्दै जाँदाबित्तिकै राइट ब्याक गर्दा नाफा बढ्छ’, उनले भने।
‘कृषि विकास बैंकले लिने र दिने ब्याजदरको स्प्रेड १ प्रतिशत नै लस छ’, ती अधिकारीले भने, ‘राष्ट्र बैंकले गरेको स्प्रेडको प्रोभिजन नपुग्दा लिने ब्याजदर र दिने ब्याजदरको अन्तर जति हुनुपर्थ्यो त्यति भएन। जसले डिपोजिटको रेट बढ्यो र बैंक अवस्था बिग्रिएको देखियो।’

कुन वर्ष कति लाभांश वितरण

बैंकले आर्थिक वर्ष २०६९ र ०७० मा कुल ३१.५८ प्रतिशत लाभांश घोषणा गरेको थियो।

त्यसपछिका वर्षहरु २०७० र ०७१ मा बैंकले १५ प्रतिशत, २०७१ र ०७२ मा १५.७९ प्रतिशत, २०७२र०७३ मा २१।०५ प्रतिशत, २०७३ र ०७४ र २०७४र ०७५ मा बैंकले २१. ०५३ प्रतिशत, २०७५ र ०७६ मा ३० प्रतिशत, २०७६र २०७७ मा १५.७८ प्रतिशत, २०७७ र ७८मा २१.०५ प्रतिशत र २०७८ र ०७९ को मुनाफाबाट कुल १३ प्रतिशत लाभांश घोषणा गरेको छ।

बाहिर देखिएजस्तो अवस्था होइन

तर यता फेरि बाहिर देखिएजस्तो अवस्था हाल नरहेको कृषि विकास बैंकका सूचना अधिकारी हिमलाल पौड्याल बताउँछन्।

बैंकको कर्जा असुली तेस्रो र चौथो त्रैमासिकमा रिपोर्ट राम्रो हुँदै जाने गरेको उनले बताए।

‘विगतदेखि नै कृषि विकास बैंकको पहिलो त्रैमासिक र दोस्रो त्रैमासिकको रिपोर्ट अपेक्षाजनक आउने गरेको थिएन। तेस्रो र अन्तिम त्रैमासिकमा बैंकको रिपोर्ट राम्रो हुँदै जाने ट्रेन्ड छ’, पौड्यालले नेपालखबरसँग भने, ‘ग्राहकले खाता बन्दीलाई फोकस गरेर कर्जा बुझाउने चलन छ।’

समयतालिकाअनुसार ग्राहकले भुक्तानी गर्न नसकेका कर्जा असार मसान्तमा असुल हुने गरेको उनको भनाइ छ।

Prabhu Bank AD

सम्बन्धित खवर