वि.सं.२०८३ जेठ १७ आइतवार
Dish Home Long Ad
ठगी काण्डमा पृथ्वी शाहसहित ६ जना कारागार चलान
Prabhu Bank AD

 

काठमाडौं । अमेरिकी नागरिकको उजुरीका आधारमा ठगी काण्डमा मुछिएका पृथ्वीबहादुर शाह र उनका भाइ विजयविक्रमसहित पक्राउ परेका सातमध्ये ६ जना पुर्पक्षका लागि कारागार लगिएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले दिएको जानकारीअनुसार उनीहरूलाई काठमाडौं जिल्ला अदालतको सोमबारको आदेशले कारागार पठाइएको हो।

सिआइबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले पक्राउ परेकामध्ये विनिता तामाङलाई भने ५० हजार धरौटीमा छाडिएको राससलाई जानकारी दिए।

सिआइबीले नै उनीहरूलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । सिआइबीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोग दर्ता गरेको हो।

उनीहरूको समूहले प्रविधिलाई अधिकतम दुरुपयोग गरी पीडतका मेल, सामाजिक सञ्जाल वा बैंक खातामै पहुँच पुर्‍याएर ठगी गरेका पाइएको छ।

अभियुक्तहरूले कृषि ट्राभल, म्यानपावरलगायत २४ कम्पनी खडा गरी नक्कली कागजात प्रयोग गरेर विदेशी नागरिकबाट झन्डै रु. ६४ करोडभन्दा बढी ठगी गरेको आरोप छ।

ठगिनेमा धेरै अमेरिकी नागरिक छन्। उनीहरूले अमेरिकाका क्यान्सर, अल्जाइमरजस्ता रोगबाट पीडित वृद्धवृद्धालाई लक्ष्य गरेर यस्तो धन्दा गरेका थिए।

अभियुक्तहरूले पीडितको बैंक खातामा पहुँच पुर्‍याएर ठगी गरेको पाइएको र अहिलेसम्म यसरी ५६ जना ठगीमा परेकामा २४ जनाले ठगी भएको भनी जाहेरी दिएका थिए। ठगीका २० आरोपीमध्ये १३ फरार छन्। उनीहरूबारे खासै जानकारी नभए पनि खोजी भने जारी रहेको प्रहरी उपरीक्षक थापाले बताए।

Prabhu Bank AD

सम्बन्धित खवर