वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
माओवादी घटकहरुले २८ गते पत्रकार सम्मेलन र ३० गते अन्तरक्रिया कार्यक्रम गर्ने
Prabhu Bank AD

काठमाडौं । वृहत् शान्तिसम्झौताको मर्म र भावना विपरीत सत्य निरुपण तथा मेलमिलाप आयोगले किनारा लगाउनु पर्ने जनयुद्धकालीन मुद्दालाई नियमित अदालतले हेर्न थालेपछि त्यसको विरुद्धमा विभिन्न धारामा विभाजित माओवादी घटकहरु एकै ठाउँमा उभिएका छन् ।

जनयुद्धकालीन मुद्दालाई नियमित अदालतमा प्रवेश गराएपछि सिंगो जनयुद्धलाई अपराधीकरण गर्न खोजिएको भन्दै ८ वटा माओवादी घटकहरुको शुक्रबार बसेको बैठकले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन र ३० गते वृहत् अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ । दुवै कार्यक्रममा ८ वटै पार्टीका शीर्ष नेतृत्वहरुले सम्बोधन गर्ने समझदारी गरेको नेकपा (क्रान्तिकारी माओवादी)का बरिष्ठ नेता सिपी गजुरेलले जानकारी दिनुभयो ।

नेता गजुरेलले जनयुद्धकालीन मुद्दाहरुको नियमित अदालतमा प्रवेश, राष्ट्रियता, जनतन्त्र र जनजीविकाका भयावह समस्याहरुले नेपालमा जनयुद्धको लक्ष्य र उद्देश्य पूरा नभएको र नयाँ जनवादी क्रान्तिको राजनीतिक कोर्स पूरा गर्न बाँकी रहेको पुष्टि गरेको बताउनु भयो । उहाँले अब मुलुकलाई जनगणतन्त्रको दिशातर्फ लैजान सबै सच्चा माओवादी क्रान्तिकारीहरु एक ठाउँमा उभिनु पर्ने पनि बताउनु भयो ।

उहाँले जनयुद्धकालीन मुद्दा सबै माओवादी घटकहरुको साझा मुद्दा भएकोले जनयुद्धकालीन मुद्दाका विषयमा कार्यगत एकता गरेर जाने विषयमा छलफल भएको र यसै मुद्दामा सडक संघर्षका कार्यक्रम समेत घोषणा हुन सक्ने नेता गजुरेलले बताउनु भयो ।

बैठकमा माओवादी केन्द्र, नेसपा, नेकपा माओवादी क्रान्तिकारी, नेकपा, नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादीका शीर्ष नेताहरू प्रधानमन्त्री प्रचण्ड, सिपी गजुरेल, नेत्रविक्रम चन्द विप्लव, कृष्णबहादुर महरा, खड्गबहादुर विक प्रकाण्ड, हेमन्तप्रकाश ओली, आहुति, कर्णजित बुढाथोकी लगायत नेता सहभागी भएका थिए।

Prabhu Bank AD

सम्बन्धित खवर