वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
नेपाली महिला पाइलटहरु अन्तर्राष्ट्रिय उडान भर्न सफल
Prabhu Bank AD

काठमाडौं । नेपाल वायुसेवा निगमको ठूला जहाजको अन्तर्राष्ट्रिय उडान भर्न नेपाली महिला पाइलटहरु सफल भएका छन् । दुबईबाट उडान भरेर सफलतापूर्वक काठमाडौंमा अवतरण गराएकोमा पाइलट भावना पन्त नेतृत्वको टोलीलाई सबैतिरबाट बधाईको ओइरो लागेको छ । नेपाली महिला पाइलटहरु अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकै दिन नेपालको राष्ट्रिय ध्वजावाहक जहाजको सफलतापूर्वक अन्तर्राष्ट्रिय उडान भर्न सफल भएका हुन् । पाइलट भावना पन्त र को–पाइलट सिर्जना राउतलगायत उहाँहरूको टिमलाई यतिखेर बधाईको ओइरो लागेको हो ।

दुईजना महिला विमान चालक (पाइलट) ले पहिलो अन्तर्राष्ट्रिय उडान गर्दै निगमको एयरबस आरए–३२० जहाज शनिबार काठमाडौंबाट दुबई उडाएका थिए । पाइलट पन्त र कोपाइलट सिर्जना राउतले काठमाडौंबाट दुबई लगेको जहाज आज बिहान फर्कंदा चालक दलका अन्य सदस्य पनि सबै महिला थिए ।

उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विमान पार्किङ गरेकै ठाउँमा पुगेर संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले स्वागत गर्दै बधाई दिनुभएको थियो ।

Prabhu Bank AD

सम्बन्धित खवर