काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक आज प्रतिनिधि सभामा दर्ता गर्ने भएको छ। आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक संसद्मा दर्ता गर्ने निर्णय गरेको हो।
बिहान ८ बजे बसेको मन्त्रिपरिषद् बैठकले फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षणसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को विषयगत समितिमा छलफलका लागि पठाई यथाशीघ्र क्याबिनेटमा पेस गर्ने निर्णय पनि गरेको एक मन्त्रीले जानकारी दिए।

