वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
शान्ति सम्झौता बिथोल्न खोजिदै छ : मन्त्री रेखा शर्मा
Prabhu Bank AD

काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विस्तृत शान्ति सम्झौता विथोल्न विभिन्न खालका षडयन्त्र भइरहेको बताएकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरेर मुद्दा चलाउन गरिएको माग त्यही षडयन्त्र अनुसार भएको उनको आशंका छ ।

धादिङको गल्छीमा मंगलबार आयोजित सामुदायिक रेडियोको प्रतिनिधिहरुको सम्मेलनलाई सम्बोधन गर्दै उनले भनिन्, ‘सत्य निरुपण तथा मेलमिलाप आयोग र संक्रमणकालीन न्यायको जुन विषय छ त्यो समयमा टुंग्याउन नसक्दा विभिन्न खालका षडयन्त्र, विभिन्न खालका चलखेलहरु स्वाभाविक ढंगले भएका छन् ।’

उनले अगाडि भनिन्, ‘अहिले चिन्ता जाहेर भएको छ, शान्ति प्रक्रियालाई पुरानो ठाउँमा फर्काएर देशलाई फेरि द्वन्द्वमा फर्काउने प्रयत्न भइरहेको हो कि म सरकारको तर्फबाट के भन्न चाहान्छु भने हामी यसप्रति अन्त्यन्त संवेदनशील छौं ।’

शान्ति प्रक्रियासँग सम्बन्धित विधेयकलाई अघिल्लो संसदमा टेबल गरिएको र पछि दुई–चार दिनको लागि भनेर समितिमा लगिएको उक्त विधेयक समितिबाट नआएको उनको भनाइ छ । त्यहीबीचमा संसद विघटन भएपछि विधेयक अलपत्र परेको उनले बताइन् ।

अहिलेको सरकारको प्राथमिकतामा संक्रमणकालीन न्याय प्राथमिकतामा परेको भन्दै प्रवक्ता शर्माले भनिन्, ‘यही अधिवेशनमै संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदमा लैजाने र सम्मानित सर्वोच्च अदालत गरेको फैसलालाई पनि कार्यान्वयन गर्ने छौं ।’ विस्तृत शान्ति प्रक्रियाको पक्षमा र संक्रमणकालीन न्यायको पक्षमा आवाज उठाउन उनले आह्वान समेत गरिन् ।

 

Prabhu Bank AD

सम्बन्धित खवर