वि.सं.२०८३ जेठ १२ मंगलवार
Dish Home Long Ad
प्रचण्डविरुद्धको रिट दर्ता , अधिवक्ता ज्ञानेन्द्र आरन सर्वोच्चमा
Prabhu Bank AD

काठमाडौं । द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्धको रिट सोमबार सर्वोच्च अदालतमा दर्ता हुँदैछ।

अधिवक्ता ज्ञानेन्द्र आरन र रामेछापका कल्याण बुढाथोकीले प्रचण्डलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाउन मागसहित दिएको रिट निवेदन सर्वोच्चमा दर्ता अघि बढेको हो।

उक्त रिट सोमबार दर्ता अघि बढ्ने खबर पाएपछि अधिवक्ता आरन अहिले सर्वोच्च अदालतमा पुगिसकेका छ्न्।

प्रचण्डले तीन वर्षअघि दिएको अभिव्यक्तिविरुद्धको रिट सर्वोच्चमा दर्ता

सर्वोच्च अदालतले शुक्रवार आरनसहितले दिएको उक्त रिट दर्ताका लागि आदेश दिएको थियो।

उक्त रिटलाई लिएर सोमबार बिहान तत्कालीन १० वर्षे सशस्त्र संघर्षमा होमिएका माओवादी नेताहरुको बैठकलगत्तै सर्वोच्चमा रिट दर्ता हुन लागेको हो।

प्रचण्डको मुद्दामा सर्वोच्चको आदेश : द्वन्द्वपीडितहरुले अदालत जानै नमिल्ने कुरा तर्कसंगत हुँदैन

सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजार जनाको जिम्मा लिन्छु भनेर दिएको अभिव्यक्तिविरुद्ध परेको रिट दर्ता गर्न आदेश दिएको थियो। त्यही आदेशअनुसार सोमबार सर्वोच्चमा रिट दर्ता अघि बढेको हो।

अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पक्राउ गरी अनुसन्धानको माग गरिएको रिट निवेदन दर्ता गर्न आदेश दिएको थियो। यो रिट निवेदन दर्ता माग गर्नेमा कांग्रेसका कार्यकर्ताहरू पनि देखिएपछि सत्ता गठबन्धनमै एकअर्काप्रति आशंका बढेको छ।

 

Prabhu Bank AD

सम्बन्धित खवर